FAQs Complain Problems

अपाङ्गता परिचयपत्र वितरण सम्बन्धि सूचना

अपाङ्गता परिचयपत्र वितरण सम्बन्धि सूचना

छत्रदेव गाउँपालिकाको आ.व. २०७६/७७ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार छत्रदेव गाउँपालिकाको आयोजनामा गाउँपालिका क्षेत्र भित्र रहेका अपाङ्गता भएका व्यक्तिहरुका लागि परिचय–पत्र वितरण गर्ने कार्यक्रम तपशिलको मिति, समय र स्थानमा आयोजना गरिएकोले अपाङ्गता भई नेपाल सरकारबाट प्राप्त हुने अपाङ्गता परिचय–पत्र प्राप्त गर्नबाट वञ्चित भएका व्यक्तिहरुले परिचय–पत्र लिनुहुन अनुरोध छ ।
तपशिलः
मितिः २०७६ साल असोज १५ गते बुधबार
समयः विहान १०ः०० वजेबाट ५ः०० वजेसम्म
स्थानः छत्रदेव गाउँपालिकाको सभाहल

आवश्यक कागजातः
- अपाङ्गता भएका व्यक्तिको जन्मदर्ता वा नागरिकताको प्रमाणपत्र
- अटो साईजको चारवटा फोटो (शारीरिक अपाङ्गताको हकमा अपाङ्गता देखिने फोटो),
- कान र आँखाको हकमा चेक जाँच गरेको रिपोर्ट,
- वडा कार्यालयको सिफारिस

आर्थिक वर्ष: