FAQs Complain Problems

हार्दिक मंगलमय शुभकामना

हार्दिक शुभकामना ।

आदरणीय आमा-बुबा¸ दाजु-भाइ तथा दिदी-बहिनीहरु,

नववर्ष २०७७ को उपलक्ष्यमा देश विदेशमा रहनुभएका सम्पूर्ण आमा-बुबा¸ दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

नयाँ वर्ष २०७७ प्रवेशको अवसरलाई अत्यन्त उल्लास र उमङ्ग साथ मनाउने हाम्रो चाहना विश्वव्यापी रुपमा फैलिरहेको कोरोना (कोभिड १९) को महामारीका कारण सहज हुन सकिरहेको छैन । यस कठीन घडीमा यसको संक्रमणबाट आफुसँगै अरुलाई जोगाउन आवश्यक उपाय अपनाउन सबैले आ-आफ्नो स्थानबाट पूर्‍याउनु भएको योगादानको उच्च सम्मान गर्दै यसको अझ बढोत्तरी सहित निरन्तरताका निम्ति समेत हार्दिक अनुरोध गर्दछु ।

समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय लक्ष्य हासिल गर्ने महत्वपूर्ण र जिम्मेवार तहमा हामी स्थानीय तहहरु नै रहेको हामीलाई बोध छ । प्रत्येक नागरिकका दैनिक समस्याहरुसँग जुध्न आम नागरिककै माझमा रही सबैको साथ सहयोग र सहकार्यमा कामगर्ने जिम्मेवारी पनि हाम्रै हो । स्वस्थ्य, सन्तुष्ट र हरेक हिसाबले सशक्त नागरिक नै समृद्ध राष्ट्रका मानक हुन् भन्ने कुरा हामीले बुझेका
छौं ।

अहिले विश्वव्यापी रुपमा फैलिएको कोरोना (कोभिड १९) महामारीले ल्याएको यस सङ्कटको घडीमा जनताको घर आँगनमै पुगेर सेवा पुर्‍याउन हाम्रा प्रयासहरु कमजोर नहोउन भन्ने तर्फ हामी अत्यन्त जिम्मेवार ढंगले लागिरहेका छौं । आईपर्ने समस्याको समाधानमा पनि हामी सबै एकआपसमा मिलेर गर्नुपर्छ र यो गरिरहेका पनि छौं ।

अहिले हामी अत्यन्तै कठीन अवस्थाबाट गुज्रिरहेका छौं । हाम्रा जीवन निर्वाह र बृत्तिविकासका लागि जारी क्रियाकलापको निरन्तरतामा अवरोध आएको छ । यस अवस्थामा असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायहरुलाई यस अवधिमा हाम्रा प्राथमिक राहतबाट वञ्चित हुनु नपरोस् भनी हाम्रा सबै जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारीहरु अहोरात्र खटिरहनुभएको छ । साधन र श्रोतले भ्याएसम्म हाम्रा सबै प्रयासहरु आम जनसमुदायकै सहज जीवनयापनका लागि केन्द्रीत रहेको विश्वास दिलाउन चाहन्छु ।

यस संकटको घडीमा हामीलाई हर तवरबाट सहयोग गर्नुका साथै स्थानीय प्रकोप राहत कोषमा सहयोग गर्नु हुने तथा सहयोग गर्न चाहनेहरु सम्पूर्णमा हार्दिक कृतज्ञता ज्ञापन गर्दछु ।

हामीले बेलैमा अपनाएको सावधानी र आम जनसमुदायको साथ र सहयोगले हालसम्म हामी सुरक्षित छौं । तरपनि कतिबेला कुन परिस्थिति आउने हो, अझै निश्चित छैन । यस महामारीको निर्मुलिकरणका लागि भईरहेका संसारभरका प्रयासहरु त्यति कामयाव हुन सकिरहेका छैनन् । यसले आगामी दिन थप चुनौतीपूर्ण हुन पनि सक्दछन् । हामी यसको सामनाका लागि तयारी अवस्थामा रहनु
पर्दछ । हाललाई हामीले अपनाएको स्वयं पृथकीकरण तथा बन्दाबन्दी (Self Isolation & Lockdown) को हुवहु परिपालनका निम्ति हार्दिक अनुरोध गर्दछु ।

यस महामारीको चपेटामा रहिरहंदा यसको रोकथामका उपायहरुको अवलम्बनसंगै यसले ल्याउने अन्य थप प्रभाव र चुनौतीलाई सामना गर्ने तयारी किन्चित ढिलो नगरी आजैदेखि गर्नु पर्दछ । सिंगो राष्ट्र सहित हाम्रो छत्रदेव गाउँपालिकालाई कम्तीमा पनि आधारभूत रुपमा आत्मनिर्भर बनाउने तर्फ हाम्रो ध्यान जाने छ । यस महान कार्यमा विगतमा जस्तै साथ, सहयोग र ऐक्यवद्धताको अपेक्षा गरेका छौं ।

अन्त्यमा, सबैको सुख, शान्ति, समृद्धी¸ सुस्वास्थ्य र सन्तुष्टीको कामनासहित हामीलाई परेको यस संकटसँग जुध्ने शक्ति हामीमा रहिरहोस्¸ नयाँ बर्ष २०७७ को हार्दिक शुभकामना । धन्यवाद । जय छत्रदेव !

मितिः २०७७/०१/०१ गते                                                                                                

लेखनाथ पोख्रेल

अध्यक्ष

छत्रदेव गाउँपालिका

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: