"छत्रदेवको शानः सुन्दर,शान्त,समृद्ध गाउँपालिका हाम्रो अभियान"

header AD
संक्षिप्त विवरण

अर्घाखाँची जिल्लाका साविक बल्कोट, केरुङ्गा, छत्रगञ्ज, ठूलापोखरा तथा भगवती गा.वि.स को पूरै भूगोल साथै चिदिका गा.वि.स.का १ देखि ८ सम्मका वडाहरु, अर्घातोष गा.वि.स. का २ देखि ५ सम्मका वडाहरु र मरेङ गा.वि.स.  का ७ देखि ९ सम्मका वडाहरुको भूगोललाई समेटेर बनेको छत्रदेव गाउँपालिकाको पूर्वमा गुल्मी जिल्ला, पश्चिममा सन्धिखर्क नगरपालिका, उत्तरमा मालारानी गाउँपालिका र दक्षिणमा पाणिनी गाउँपालिका रहेका छन । ८७.६२ वर्ग किमी क्षेत्रफलमा फैलिएको यस गाउँपालिका मा वि.सं. २०७८  को जनगणना अनुसार ६२२८ घरधुरी रहेकोमा कुल जनसङ्ख्या २१६११ रहेको छ । जस मध्ये पुरुषको जनसङ्ख्या ९४९५ र महिलाको जनसङ्ख्या १२११६ रहेको छ । महाभारतको युद्धको इतिहास बोकेको छत्रमहाराज देवालय धार्मिक महत्वले भरिएको ऐतिहासिक तथा धार्मिक विषयसँग जोडेर यस गाउँपालिकाको नामकरण "छत्रदेव गाउँपालिका" रहेको हो । "छत्रदेवको शान: सुन्दर, शान्त, समृद्ध गाउँपालिका हाम्रो अभियान"  भन्ने मूल नाराका साथ अघि बढिरहेको यस गाउँपालिकाले स्थानीय स्रोत, साधन र सम्भावनाको अधिकतम उपयोग गर्दै नागरिकमैत्री सेवा प्रवाह, पूर्वाधार विकास, सुशासन तथा समृद्ध गाउँपालिका निर्माणतर्फ विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।भन्ने मूल नाराका साथ परिपक्व स्थानीय सरकारको रुपमा अघि बढेको यस गाउँपालिकाले सञ्चालन गरेका विभिन्न क्रियाकलापहरुले आफुलाई अब्बल साबित गर्न सफल भएको छ ।

आधारभूत जानकारी
Lumbini
Arghakhanchi
गाउँपालिका
87.62 sq. km
जनसंख्या तथ्याङ्क (Population Statistics)
Total 21611
Male 9495
Female 12116
Other 0
नक्शा दृश्य (Map View)

Establishment

Established at 2073-11-27
Website -
Map coordinates not available