FAQs Complain Problems

प्राय सोधिने प्रश्नहरु

  • नेपालको पहिलो खरको छानामुक्त गाउँपालिका (खरका छाना भएका ३३७ घरधुरीलाई जस्ता पाता वितरण) ।
  • चौमासिक सामाजिक सुरक्षा भत्ता वितरणसँगै विशेषज्ञ चिकित्सक सहितको निःशुल्क स्वास्थ्य परिक्षण तथा औषधी वितरण गरिएको ।
  • स्वास्थ्य संस्थामा नियमित औषधी आपूर्ति¸ उपकरणहरुको आपूर्ति एवं गाउँघर क्लिनिकलाई व्यवस्थित पारिएको ।
  • खोपकेन्द्र भवन निर्माण गरिएको ।
  • ३ वटा स्वास्थ्य संस्थामा एम्बुलेन्स सञ्चालन गरिएको ।
  • स्वास्थ्य विमालाई प्रभावकारी ढंगबाट लागू गरिएको ।
  • सबै सामुदायिक विद्यालयहरुमा अंग्रेजी माध्यमबाट पठन पाठन शुरुवात गरिएको ।
  • शिक्षकहरुलाई तालिमको व्यवस्था गरिएको¸ वाल विकास सहजकर्ताहरुलाई मन्टेश्वरी तालिम दिई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको ।
  • शिक्षक डायरी तथा शैक्षिक सामाग्री वितरण गरिएको ।
  • गाँउपालिकाको नाममा १० रोपनी जग्गा निःशुल्क उपलब्ध भएको, भवन निर्माण कार्य शुरु गरिएको ।
  • ३ नं. वडा कार्यालयको भवन निर्माण गरिएको ।
  • काठको पोलमुक्त गाउँपालिका बनाउने अभियान शुरु गरिएको ।
  • छिमेकी जिल्ला गुल्मीबाट छत्रदेव प्रवेश गर्ने सीमा खर्ज्याङ्ग र नेटामा प्रवेशद्धार निर्माण कार्य प्रारम्भ भएको ।
  • छत्रमहाराज मन्दिर प्रवेश मार्गमा सिंढी तथा रेलिङ्ग निर्माण प्रारम्भ भएको ।
  • राष्ट्रिय स्तरको क्रिकेट मैदानको निर्माण कार्य प्रारम्भ भएको ।
  • वालउद्यान¸ पिकनिक स्पटहरुको निर्माण कार्य प्रारम्भ भएको ।
  • फोहोरमैला व्यवस्थापन गरी पूर्ण सरसफाई युक्त गाउँपालिका बनाउने कार्य प्रारम्भ भएको ।
  • ४९ जना पति वेपत्ता महिला र अन्य कृषक गरी ८९ वटा वोयर क्रस जातका बाख्रा/बोका वितरण गरिएको ।
  • १००० बोधिचित्तको विरुवाको साथै कागती, आँप, लिची, तेजपात, अगरवुड वृक्षारोपण गरिएको ।
  • ४० स्थानमा सडक सौर्य बत्ती जडान गरिएको ।
  • ६३ वटा मन्दिरमा सोलार वत्त्ती जडान गरिएको ।
  • प्राथमिक स्वास्थ्य केन्द्र र विद्यालयमा सोलार जडान गरिएको ।
  • कृषकहरुका लागि हाते ट्याक्टर, घाँस काट्ने मेसिन तथा प्लाष्टिक टनेल र विऊ विजन वितरण गरिएको ।
  • पाटी-ठूलापोखरा बाटो स्तरोन्नति तथा भुस्खात ढिकुरा मोटरबाटो निर्माण गरिएको ।
  • आकाशेपानी संकलनका लागि घैंटा निर्माण¸ पोली टंकी वितरण गरिएको ।
  • केही खानेपानी आयोजनाहरु सम्पन्न गरिएको ।
  • गाउँ कार्यपालिकाको कार्यालय र वडा कार्यालयहरूमा विद्युतीय हाजिरी राखिएको ।
  • गाउँपालिकाको आर्थिक भार कम गर्दै अर्थ मन्त्रालयबाट १ थान बलेरो जिप ल्याईएको ।
  • छत्रदेव गाउँपालिकाले उच्च भौतिक र वित्तीय प्रगति हासिल गर्नुका साथै खुल्ला र पारदर्शी सरकारको रुपमा प्रस्तुत हुँदै शुन्य वेरुजु गाउँपालिका बनाउन सफल भएको ।

१.पहिलो प्रारम्भिक भेलाकाे निर्णय ।

२.दाेस्रो प्रारम्भिक भेलाकाे निर्णय ।

३.व्यावसायिक कार्य योजनाकाे निर्णय ।

४.दर्ता दरखास्त ।

५.अधिकार प्रत्यायोजन ।

६.स्व-घोषणा-पत्र ।

७.सम्भाव्यता अध्ययन प्रतिवेदन ।

८.भर्पाई

९.आवेदकहरुकाे विवरण फारम

९.तदर्थ सञ्चालन समितिका सदस्यहरुको विवरण फारम ।

११.सहकारी संस्थाकाे विनियम ।

१२.नागरिक्ताकाे सक्कल देखाई छायाँ प्रति पेश गर्ने

 

कागजातहरु:

  • निवेदन पत्र
  • व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि
  • व्यवसाय भाडामा भए सम्झौत पत्र र बहाल कर तिरेको रसिद
  • आफ्नै घरमा भए सोको जग्गा धनी प्रमाणपुर्जा प्रमाणपत्रको प्रतिलिपि
  • चालु आ.व सम्मको मालपोत र घर जग्गाको कर वा सम्पत्ति कर तिरको रसिद
  • दुई प्रति पासपोर्ट साइजको फोटो

उमेर हक सम्बन्धि जानकारी:

जेष्ठ नागरिक दलित: जेष्ठ नागरिक दलितको हकमा ६० वर्ष उमेर पुरा भएको ।

जेष्ठ नागरिक अन्य: अन्य नागरिककाको हकमा ७० वर्ष उमेर पुरा भएको ।

एकल महिला: ६० वर्ष उमेर पुगेका विवाह नगरि बसेका वा सम्बन्ध विच्छेद भएका एकल महिलालाई जनाउछ ।

विधुवा महिला: पतिको मृत्यु भएको जुनसुकै उमेरका एकल महिलालाई जनाउछ ।

पूर्ण अशक्त अपांगता: महिला तथा बालबालिका कार्यालय बाट रातो रंगको अपांगता कार्ड प्राप्त गरेका नागरिकलाई जनाउछ ।

अति अशक्त अपांगता: महिला तथा बालबालिका कार्यालय बाट निलो रंगको अपांगता कार्ड प्राप्त गरेका नागरिकलाई जनाउछ ।

बालबालिका: ५ वर्ष ननाघेका दलित परिवारका र एक आमाका दुई बालबालिकालाई जनाउछ ।

लोपोन्मुख आदिवासी जनजाती: लोपोन्मुख आदिवासी जनजाती सबै नागरिकलाई जनाउछ र उमेर हक बन्दी लागदैन ।

देहायका कागजात संलग्न राखि उपभोक्ता समितिले गाउँपालिकामा निवेदन दिनुपर्ने ।
१.योजना सम्पन्न भएको उपभोक्ता समितिको निर्णय
२.योजना सम्पन्न भएको वडागत अनुगमन समितिको सिफारिस
३.योजना सम्पन्न भएको प्राविधिकको कार्यसम्पन्न मूल्यांकन
४.सार्वजनिक परिक्षणको प्रतिवेदन
५.कार्यसम्पन्न भएको वडाको सिफारिस
६.ठूला योजनाहरुको हकमा गाउँपालिका स्तरीय अनुगमन समितिको प्रतिवेदन
७.उपभोक्ता समितिको निवेदन, विल, भर्पाई, योजनाको विभिन्न अवस्थाको (कार्य शुरु हुनु पूर्व, कार्य भै रहेको सम्बन्धमा र कार्यसम्पन्न भएपछि) फोटोहरु, पेशभएका विल भर्पाइको पछाडी अध्यक्षले प्रमाणित गर्ने, डोरहाजिरी फाराम समेतको विवरण
८.डोर हाजीरी फाराममा हाजीरी राख्नेले पेश गरी सकेपछि समितिका पदाधिकारी मध्येबाट सिफारस गर्ने र अध्यक्षले प्रमाणित गर्ने 

 

योजनाको लागि खटिएको प्राबिधिक कर्मचारिको प्रत्यक्ष निर्देशनमा सर्वे डिजाईन अनुसारको कार्य तोकिएको प्रबिधि प्रयोग गरी निर्माण कार्य संचालन गर्ने,सर्वे डिजाईन भन्दf बाहिर कुनै पनि कार्य नगर्ने, किनकि त्यसको मुल्याङ्कनको समयमा त्यस कार्यको नापजाँच हुँदैन,योजनाको निर्माणकार्य गर्दा कुनै समस्या आएमा तत्काल प्राबिधिक कर्मचारीलाई जानकारी गराउने । सम्झौता बमोजिमको कार्यसम्पन्न भएपछि प्राबिधिकवाट मुल्याङ्कन गराउने, वडा स्तरीय अनुगमन समिति, योजनागत रुपमा गठित अनुगमन समितिलाई अनुगमन गराउने । उपभोक्ता समितिको बैठक वसी आम्दानी र खर्चका विल भरपाई अनुमोदन गरी सार्वजनिक परिक्षणको लागि मिति, समय र स्थान तय गरी उपभोक्ता भेलाको आयोजना गर्ने र सो भेलामा उपस्थितिको लागि वडा कार्यालय तथा योजना शाखामा अनुरोध गर्ने ।  वडा कार्यालयको रोहवरमा उपभोक्ता भेलामा योजनाको आम्दानी र खर्चको विवरण विस्तृत रुपमा उ.स. अध्यक्षबाट प्रस्तुत गर्ने र सबै उपभोक्ताहरुवाट अनुमोदनको संकेत आएपछि सो भेलाको मान्यूटमा लेखि सबैको हस्ताक्षरवाट माइन्यूट बन्द गराउने ।

१.उपभोक्ता समितिको अध्यक्ष, कोषाध्यक्ष र सचिवको नाममा बैंकमा खाता खोल्ने निर्णय गरेको निर्णयको प्रतिलिपि
२.समितिका अध्यक्ष, कोषाध्यक्ष र सचिवको २/२ प्रति फोटो र तीनै जनाको नागरीकताको प्रतिलिपि,
३.बैंकमा खाता खोल्नको लागि गाउँपालिकामा निवेदन पेश गरी दस्तखत नमुना कार्डमा दस्तखत तथा फोटो प्रमाणित गराई गाउँपालिकाको सिफारिस सहित बैंकमा गई खाता खोल्ने ।

१.कुनै पनि जनप्रतिनिधि
२.कुनै पनि कर्मचारी र शिक्षक
३.राजनीतिक दलका पदाधिकारी
४.अर्को कुनै योजनाको उपभोक्ता समितिमा रहेको व्यक्ति
५.एकै घरका एक भन्दा बढी सदस्य
६.योजनाको उपभोक्ता नभएको व्यक्ति
७.निर्माण व्यवसायी

१.उपभोक्ताको भेलाको निर्णय र उपभोक्ता समितिको बैठकको निर्णयको प्रतिलिपिहरु

२.उपभोक्ता समितिका सबै पदाधिकारी र सदस्यहरुको नागरीकताको प्रतिलिपिहरु

३.वडा कार्यालयको सम्झौताको लागि उपभोक्ता समिति गठन गरी पठाएको सिफारिस पत्र

४.वडा कार्यालयले तयार पारेको उपभोक्ता समिति गठनको प्रतिवेदन संलग्न राखि उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्षले गाउँपालिकामा संयुक्त निवेदन पेश गर्ने ।

५.गाउँपालिकाबाट तयार गरीएको योजनाको लागत अनुमान र डिजाईन बमोजिमको कार्य गर्नको लागि दुई पक्ष्ँ बीच सम्झौता गर्ने ।