FAQs Complain Problems

अपाङ्गता भएका व्यक्तिहरुका लागि परिचय-पत्र वितरण गर्ने सम्बन्धी सूचना !

अपाङ्गता भएका व्यक्तिहरुका लागि परिचय-पत्र वितरण गर्ने सम्बन्धी सूचना !

            यस छत्रदेव गाउँपालिकाको अपाङ्गता परिचय-पत्र वितरण कार्यविधि, २०७५ अनुसार गाउँपालिका क्षेत्र भित्रका अपाङ्गता भएका व्यक्तिहरुलाई परिचय-पत्र प्रदान गर्ने उद्देश्यले निम्न मिति, समय र स्थानमा अपाङ्गता परिचय-पत्र वितरण हुने व्यहोरा सम्बन्धित सरोकारवालाहरुको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।

मितिः २०७७ मंसिर १८ गते, बिहिवार

समयः विहान ठीक ११:०० वजे

स्थानः छत्रदेव गाउँ कार्यपालिकाको कार्यालय, छत्रगञ्ज, अर्घाखाँची

संलग्न गर्नु पर्ने कागजातहरुः

  1. रु. १० को टिकट टाँसी अनुसूची -१ बमोजिमको निवेदन,
  2. सम्बन्धित वडा कार्यालयको सिफारिस (अपाङ्गता भएको व्यक्तिको आवश्यक कागजातहरुको प्रतिलिपि वडा कार्यालयमाअनिवार्य रुपमा राख्नु पर्नेछ),
  3. अपाङ्गता व्यक्तिको नागरिकता वा जन्मदर्ता प्रमाण-पत्रको प्रतिलिपि,
  4. अपाङ्गता देखिने अटो साईजको फोटो ४ प्रति,
  5. अपाङ्गता व्यक्तिको संरक्षकको नागरिकता प्रमाण-पत्रको प्रतिलिपि,
  6. नदेखिने किसिमको अपाङ्गताको हकमा चिकित्सकको सिफारिस,
  7. पहिला परिचय-पत्र प्राप्त गरिसकेको हकमा पुरानो परिचय-पत्रको सक्कल अनिवार्य पेश गर्नु पर्ने छ ।

आर्थिक वर्ष: