FAQs Complain Problems

उपभोक्ता समितिले भुक्तानीको लागि फाईल पेश गर्दा के के पेश गर्नु पर्दछ ?

देहायका कागजात संलग्न राखि उपभोक्ता समितिले गाउँपालिकामा निवेदन दिनुपर्ने ।
१.योजना सम्पन्न भएको उपभोक्ता समितिको निर्णय
२.योजना सम्पन्न भएको वडागत अनुगमन समितिको सिफारिस
३.योजना सम्पन्न भएको प्राविधिकको कार्यसम्पन्न मूल्यांकन
४.सार्वजनिक परिक्षणको प्रतिवेदन
५.कार्यसम्पन्न भएको वडाको सिफारिस
६.ठूला योजनाहरुको हकमा गाउँपालिका स्तरीय अनुगमन समितिको प्रतिवेदन
७.उपभोक्ता समितिको निवेदन, विल, भर्पाई, योजनाको विभिन्न अवस्थाको (कार्य शुरु हुनु पूर्व, कार्य भै रहेको सम्बन्धमा र कार्यसम्पन्न भएपछि) फोटोहरु, पेशभएका विल भर्पाइको पछाडी अध्यक्षले प्रमाणित गर्ने, डोरहाजिरी फाराम समेतको विवरण
८.डोर हाजीरी फाराममा हाजीरी राख्नेले पेश गरी सकेपछि समितिका पदाधिकारी मध्येबाट सिफारस गर्ने र अध्यक्षले प्रमाणित गर्ने