FAQs Complain Problems

छत्रदेव गाउँपालिकाको आ.व. २०७४/७५ को मुख्य-मुख्य उपलब्धीहरु के के हुन ?

  • नेपालको पहिलो खरको छानामुक्त गाउँपालिका (खरका छाना भएका ३३७ घरधुरीलाई जस्ता पाता वितरण) ।
  • चौमासिक सामाजिक सुरक्षा भत्ता वितरणसँगै विशेषज्ञ चिकित्सक सहितको निःशुल्क स्वास्थ्य परिक्षण तथा औषधी वितरण गरिएको ।
  • स्वास्थ्य संस्थामा नियमित औषधी आपूर्ति¸ उपकरणहरुको आपूर्ति एवं गाउँघर क्लिनिकलाई व्यवस्थित पारिएको ।
  • खोपकेन्द्र भवन निर्माण गरिएको ।
  • ३ वटा स्वास्थ्य संस्थामा एम्बुलेन्स सञ्चालन गरिएको ।
  • स्वास्थ्य विमालाई प्रभावकारी ढंगबाट लागू गरिएको ।
  • सबै सामुदायिक विद्यालयहरुमा अंग्रेजी माध्यमबाट पठन पाठन शुरुवात गरिएको ।
  • शिक्षकहरुलाई तालिमको व्यवस्था गरिएको¸ वाल विकास सहजकर्ताहरुलाई मन्टेश्वरी तालिम दिई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको ।
  • शिक्षक डायरी तथा शैक्षिक सामाग्री वितरण गरिएको ।
  • गाँउपालिकाको नाममा १० रोपनी जग्गा निःशुल्क उपलब्ध भएको, भवन निर्माण कार्य शुरु गरिएको ।
  • ३ नं. वडा कार्यालयको भवन निर्माण गरिएको ।
  • काठको पोलमुक्त गाउँपालिका बनाउने अभियान शुरु गरिएको ।
  • छिमेकी जिल्ला गुल्मीबाट छत्रदेव प्रवेश गर्ने सीमा खर्ज्याङ्ग र नेटामा प्रवेशद्धार निर्माण कार्य प्रारम्भ भएको ।
  • छत्रमहाराज मन्दिर प्रवेश मार्गमा सिंढी तथा रेलिङ्ग निर्माण प्रारम्भ भएको ।
  • राष्ट्रिय स्तरको क्रिकेट मैदानको निर्माण कार्य प्रारम्भ भएको ।
  • वालउद्यान¸ पिकनिक स्पटहरुको निर्माण कार्य प्रारम्भ भएको ।
  • फोहोरमैला व्यवस्थापन गरी पूर्ण सरसफाई युक्त गाउँपालिका बनाउने कार्य प्रारम्भ भएको ।
  • ४९ जना पति वेपत्ता महिला र अन्य कृषक गरी ८९ वटा वोयर क्रस जातका बाख्रा/बोका वितरण गरिएको ।
  • १००० बोधिचित्तको विरुवाको साथै कागती, आँप, लिची, तेजपात, अगरवुड वृक्षारोपण गरिएको ।
  • ४० स्थानमा सडक सौर्य बत्ती जडान गरिएको ।
  • ६३ वटा मन्दिरमा सोलार वत्त्ती जडान गरिएको ।
  • प्राथमिक स्वास्थ्य केन्द्र र विद्यालयमा सोलार जडान गरिएको ।
  • कृषकहरुका लागि हाते ट्याक्टर, घाँस काट्ने मेसिन तथा प्लाष्टिक टनेल र विऊ विजन वितरण गरिएको ।
  • पाटी-ठूलापोखरा बाटो स्तरोन्नति तथा भुस्खात ढिकुरा मोटरबाटो निर्माण गरिएको ।
  • आकाशेपानी संकलनका लागि घैंटा निर्माण¸ पोली टंकी वितरण गरिएको ।
  • केही खानेपानी आयोजनाहरु सम्पन्न गरिएको ।
  • गाउँ कार्यपालिकाको कार्यालय र वडा कार्यालयहरूमा विद्युतीय हाजिरी राखिएको ।
  • गाउँपालिकाको आर्थिक भार कम गर्दै अर्थ मन्त्रालयबाट १ थान बलेरो जिप ल्याईएको ।
  • छत्रदेव गाउँपालिकाले उच्च भौतिक र वित्तीय प्रगति हासिल गर्नुका साथै खुल्ला र पारदर्शी सरकारको रुपमा प्रस्तुत हुँदै शुन्य वेरुजु गाउँपालिका बनाउन सफल भएको ।