FAQs Complain Problems

योजनाको निर्माण कार्य कसरी गर्नै ?

योजनाको लागि खटिएको प्राबिधिक कर्मचारिको प्रत्यक्ष निर्देशनमा सर्वे डिजाईन अनुसारको कार्य तोकिएको प्रबिधि प्रयोग गरी निर्माण कार्य संचालन गर्ने,सर्वे डिजाईन भन्दf बाहिर कुनै पनि कार्य नगर्ने, किनकि त्यसको मुल्याङ्कनको समयमा त्यस कार्यको नापजाँच हुँदैन,योजनाको निर्माणकार्य गर्दा कुनै समस्या आएमा तत्काल प्राबिधिक कर्मचारीलाई जानकारी गराउने । सम्झौता बमोजिमको कार्यसम्पन्न भएपछि प्राबिधिकवाट मुल्याङ्कन गराउने, वडा स्तरीय अनुगमन समिति, योजनागत रुपमा गठित अनुगमन समितिलाई अनुगमन गराउने । उपभोक्ता समितिको बैठक वसी आम्दानी र खर्चका विल भरपाई अनुमोदन गरी सार्वजनिक परिक्षणको लागि मिति, समय र स्थान तय गरी उपभोक्ता भेलाको आयोजना गर्ने र सो भेलामा उपस्थितिको लागि वडा कार्यालय तथा योजना शाखामा अनुरोध गर्ने ।  वडा कार्यालयको रोहवरमा उपभोक्ता भेलामा योजनाको आम्दानी र खर्चको विवरण विस्तृत रुपमा उ.स. अध्यक्षबाट प्रस्तुत गर्ने र सबै उपभोक्ताहरुवाट अनुमोदनको संकेत आएपछि सो भेलाको मान्यूटमा लेखि सबैको हस्ताक्षरवाट माइन्यूट बन्द गराउने ।