समाचार
सामाजिक सुरक्षा भत्ता प्राप्त योग्य उमेर कति हो ?
उमेर हक सम्बन्धि जानकारी:
जेष्ठ नागरिक दलित: जेष्ठ नागरिक दलितको हकमा ६० वर्ष उमेर पुरा भएको ।
जेष्ठ नागरिक अन्य: अन्य नागरिककाको हकमा ७० वर्ष उमेर पुरा भएको ।
एकल महिला: ६० वर्ष उमेर पुगेका विवाह नगरि बसेका वा सम्बन्ध विच्छेद भएका एकल महिलालाई जनाउछ ।
विधुवा महिला: पतिको मृत्यु भएको जुनसुकै उमेरका एकल महिलालाई जनाउछ ।
पूर्ण अशक्त अपांगता: महिला तथा बालबालिका कार्यालय बाट रातो रंगको अपांगता कार्ड प्राप्त गरेका नागरिकलाई जनाउछ ।
अति अशक्त अपांगता: महिला तथा बालबालिका कार्यालय बाट निलो रंगको अपांगता कार्ड प्राप्त गरेका नागरिकलाई जनाउछ ।
बालबालिका: ५ वर्ष ननाघेका दलित परिवारका र एक आमाका दुई बालबालिकालाई जनाउछ ।
लोपोन्मुख आदिवासी जनजाती: लोपोन्मुख आदिवासी जनजाती सबै नागरिकलाई जनाउछ र उमेर हक बन्दी लागदैन ।