छत्रदेव गाउँपालिकाको पहल एवं वैकल्पिक उर्जा प्रबर्दन केन्द्रको सहयोगमा प्राप्त धुवाँरहित मेटालिक चुल्हो छत्रदेव गाउँपालिका वडा नं. ६ बाट वितरण सुरू गरिएको छ । छत्रदेव गाउँपालिकाका प्रत्येक वडामा करिब ६० वटाका दरले ४८० घर परिवारलाई निःशुल्क वितरण हुने यस चुल्हो वडा नं. ६ ठूलापोखरामा कुमाल समुदायका लागि वितरण भएको छ ।
समाचार
ग्यालरी
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद(CTEVT) आंगिक शिक्षालय एग्रो फरेष्ट्रि पोलिटेक्निक इन्चिच्यूट छत्रदेव -४ भथुरा सँग सहकार्य गरि छत्रदेव गाउँपालिका भित्रका विद्यार्थीलाई ४० वटा कोटा निर्घारण गरि निःशूल्क वालि विज्ञान अध्ययन गर्ने ३ वर्षको लागि रु.६०००००।- (साठी लाख) को योजना बनाई गाउँपालिका भित्र रहेका मा.वि.तहका प्र.अ. विद्यालय व्यवस्थापन अध्यक्ष गाउँ कार्यपालिकाका सदस्य ज्यूहरु विच छलफल भयो ।
छत्रदेव दलित घर उज्यालो कार्यक्रम अन्तर्गत छत्रदेव गाउँपालिका वडा नं. ७ देखि निःशुल्क सोलार सिस्टम वितरण गरिएको छ साथै उक्त सिस्टम केहीदिनमा गाउँपालिका भरका सम्पुर्ण वडा भरमा वितरण गरिने छ गाउँपालिका प्रमुख लेखनाथ पोख्रेलले बताउनुभयो ।
छत्रदेव गाउँपालिकाले आ.व ७५/७६ को स्विकृत कार्यक्रम अन्तर्गत ८ वडा का २४ जना असक्त,असाय,अपाङग, गरिव तथा विपन्न वर्गका लागि राहात वितरण कार्यक्रम सम्पन्न गरेको छ र
प्रतेक वडा वाट १ जना कृषकका दरले ८ वटा कृषक साथै प्रतेक वडा वाट १ आधारभूत तहका विद्यालय का दरले ८ वटा विद्लायालयलाई स्मार्ट टि.भी हस्तान्तरण गरेको छ ।